दफा १५०
बीमित हित संरक्षण कोष
(१) प्राधिकरण अन्तर्गत एक बीमित हित संरक्षण कोष रहनेछ।

(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकम

रहनेछन्‌:-

(क) प्राधिकरणले सो प्रयोजनको लागि छुट्टयाएको रकम,

(ख) जीवन बीमा व्यवसाय गर्ने बीमकबाट प्राप्त प्राधिकरणले तोकिदिए बमोजिमको रकम,

(ग) जीवन बीमालेख अन्तर्गत भुक्तानी गर्नुपर्ने अवस्था परी भुक्तानी हुन नसकी दफा १२५ बमोजिम दाबी नभएको कोष (अन्क्लेम फण्ड) मा जम्मा भएको रकम ।

(३) बीमितहित संरक्षण कोष तथा सो सम्बन्धी अन्य

व्यवस्था तोकिए बमोजिम हुनेछ।